रुकुमका कोरोना संक्रमितको बाँकेमा मृत्यु, लगाएका थिएनन् खोप


१७ माघ २०७८, सोमबार
veri hospital

बाँके । रुकुमका एक कोरोना संक्रमितको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ । रुकुम पश्चिमको आठविस नगरपालिका- ६ का ६५ वर्षीय एक पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि माघ १५ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । मृत्यु भएका पुरुषले खोप नलगाएको पाइएको कोभिड-१९ व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेजबहादुर वलीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७