सुनको मूल्य लगातार ओरालो, आज पनि घट्यो


१७ माघ २०७८, सोमबार
gold

काठमाडौं । नेपाली बजारमा केही दिनयता सुनको मूल्य लगातार ओरालो लागेको छ । यो यात्रा आज (सोमबार) पनि कायम रह्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज पनि सुन तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ८०० रुपैयाँमा झरेको हो । गत आइतबार छापावाला सुन तोलामा ४०० रुपैयाँले नै घट्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ४०० रुपैयाँले घट्दै ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने गत आइतबारको मूल्यमा १० रुपैयाँले घट्दै प्रतितोला एक हजार २४० रुपैयाँमा झरेको महासंघले जनाएको छ । गत आइतबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७