हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


१७ माघ २०७८, सोमबार
elephant 1
सांकेतिक तस्वीर

झापा । हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर- १३ चारआलीका ७१ वर्षीय खम्बासिंह कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सोमबार बिहान ३ बजे जंगली हात्ती धपाउने क्रममा कार्कीलाई हात्तीले कुल्चिएर घाइते बनाएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

हात्तीले कुल्चँदा उनको भित्री शरीरमा चोट लाग्नुका साथै बायाँ खुट्टा भाँचिएको थियो । आक्रमणबाट गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७