नेपालको फिल्डिङ प्रशिक्षकमा भारतका श्रीनिवास नियुक्त


१७ माघ २०७८, सोमबार
raghuram shreeniwash11643602956

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले भारतका रघुराम श्रीनिवासलाई नेपाली राष्ट्रिय क्रिकेट टिमको फिल्डिङ प्रशिक्षक नियुक्त गरेको छ । ओमानमा हुने आईसीसी ट्वान्टी-२० विश्वकप क्रिकेटको ग्लोबल क्वालिफायरका लागि श्रीनिवासलाई फिल्डिङ प्रशिक्षकका रूपमा नियुक्त गरिएको क्यानले जनाएको छ । श्रीनिवास आइतबार नेपाल आइसकेका छन् ।

श्रीनिवासले नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँग अमेरिकामा पनि सँगै काम गरेका थिए । ओमान भ्रमणका लागि नेपाली टोलीले अहिले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बन्द प्रशिक्षण गरिरहेको छ । ‘रघुसँग मैले अमेरिकामा पनि सँगै काम गरेको थिएँ । उनी धेरै ऊर्जावान् फिल्डिङ प्रशिक्षक हुन् ।

जसले नेपाली टोलीमा भएका केही कमजोरीहरू सुधार गर्न सक्छन् । छोटो समयमा उनले मूल्यवान् समय दिएकोमा उनीप्रति आभारी छु,’, मुख्य प्रशिक्षक दासानायकेले भने । नेपालले ग्लोबल क्वालिाफयरअघि ओमान, युनाइटेड अरब इमिरेट्स (यूएई) र आयरल्यान्डसँग चार देशीय श्रृंखला खेल्नेछ ।

नेपालको खेल तालिका

चार देशीय श्रृखलाका खेल
माघ २८ गते – नेपालविरुद्ध ओमान
माघ २९ गते – नेपालविरुद्ध यूएई
फागुन २ गते – नेपालविरुद्ध आयरल्यान्ड
ग्लोबल क्वालिफायरका खेल
फागुन ६ गते – ओमानविरुद्ध नेपाल
फागुन ७ गते – फिलिपिन्सविरुद्ध नेपाल
फागुन ९ गते – क्यानडाविरुद्ध नेपाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७