अन्तरिक्षबाट अपरिचित वस्तुले हरेक १८ मिनेटमा रेडियो सिग्नल पठाएपछि विज्ञहरु चकित


१७ माघ २०७८, सोमबार
scientists find spooky new object in the milky way

काठमाडौं । अष्ट्रेलियन वैज्ञानिकहरुले अन्तरिक्षमा यसअघि कहिल्यै पनि देखा नपरेको एउटा अनौठो अपरिचित घुमाउरो वस्तु फेला परेको दाबी गरेका छन् । सो वस्तुले एकदम ठूलो मात्रामा रेडियो ऊर्जा फालिरहेको हुँदा प्रत्येक १८ मिनेटमा, ६० सेकेण्ड सम्मै सिग्नल पठाइरहेको बताइएको छ ।

यसरी अन्तरिक्षमा ऊर्जा फाल्ने या निकाल्ने वस्तुहरु प्रायः परिचित हुन्छन् या रेकर्डमा राखिसकिएका हुन्छन् । त्यसैले यसलाई वैज्ञानिकहरुले एकदम दुर्लभ गतिविधि बताइरहेका छन् जुन एक मिनेटसम्म ‘टर्न अन’ हुन्छ ।

विज्ञहरुको टोली यसलाई अझ स्पष्ट रुपमा बुझ्न अध्ययन गरिरहेको छ । सो वस्तुलाई पहिलो पटक अष्ट्रेलियाको कर्टिन युनिभर्सिटीका खोजकर्ता टाइरोन ओडोहेर्टीले पपत्ता लगाएका थिए । उनी आफैले निर्माण गरेको नयाँ प्रविधि मार्फत टेलिस्कोपको मद्दतले उनले सो अपरिचित वस्तु फेला पारेका हुन् ।

टाइरोन, एस्ट्रोफिजिसिस्ट डाक्टर नताशा हर्ली वाकरको नेतृत्वमा परिचालित टोलीमै पर्दछन् । उनी भन्छिन्, “सो वस्तु हरेक घण्टा देखिँदै हराउँदै गरिरहेको थियो । यो वास्तवमै एकदम अनपेक्षित र कति हिसाबमा अन्तरिक्षविद्का लागि समेत एकदमै आश्चर्यजनक थियो ।
किनकी आजसम्म अन्तरिक्षमा पाइने कुनैपनि वस्तुले यस्तो गतिविधि देखाएको कसैलाई थाहा छैन । अन्तरिक्षमा पाइने वस्तु आफै ‘अन’ या ‘अफ’ हुनु वैज्ञानिकहरुका लागि नयाँ कुरा हो । हालै मात्र यसलाई ‘ट्रानसिएन्ट्स’ को नाम दिइएको छ ।’

तरपनि एउटा पूरै मिनेट अन रहिरहनु भनेको धेरै अनौठो कुरा भएको अर्की एस्ट्रोफिजिसिस्ट डाक्टर जेमा एन्डरसनले बताइन् । थप अध्ययनपछि सो वस्तु पृथ्वीबाट ४ हजार ‘लाइट इयर्स’ टाढा रहेको पत्ता लागेको छ । साथै यो एकदमै चमकिलो छ भने यसको चुम्बकीय क्षेत्रीय पनि अत्यन्तै शक्तिशाली रहेको बताइएको छ ।

अनुमानित थेउरीमा यसलाई कुनै नयाँ ‘न्युरोट स्टार’ या पतन भएको तारा हुन सक्ने बताइएको छ । तर अझै पनि यसबारे धेरै कुरा रहस्यमयी नै छ । यसरी थप अनुसन्धानपछि मात्र यो गतिविधि इतिहासकै पहिलो किसिमको हो या होइन भन्ने बुझ्न सकिने डाक्टर हर्ली वाकरले बताइन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७