इजरायलका राष्ट्रपति पहिलोपल्ट यूएई पुग्दा हुथी विद्रोहीले हान्यो मिसाइल


१७ माघ २०७८, सोमबार
Isreal president in UAE OGF6vG1mcS

काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हेर्जोग पहिलोपल्ट यूएई भ्रमणमा पुगेका छन् । यसैबीच यमनको विद्रोही हुथीले यूएईमाथि मिसाइल आक्रमण गरेको छ ।

यद्यपि यूएईले बीचमै उक्त मिसाइल खसालेको छ । सोमबार यूएईले हुथी विद्रोहीले हानेको मिसाइल बाटोमै खसालिदिएको दाबी गरेको छ । यूएईका अनुसार हुथी विद्रोहीले यमनबाट हानेको मिसाइल मानिसको बसोबास नरहेको क्षेत्रमा खसालिएको छ । यद्यपि उक्त मिसाइल दुबई वा आबुधाबी कुन सहरलाई लक्षित गरी गरिएको थियो भन्ने खुलाइएको छैन ।

यूएईको हवाई उड्डयन नियामकले अहिले पनि सामान्यरुपमा नै उडान भइरहेको बताएको छ । यूएई साउदी अरेबियाको गठबन्धनमा सम्मिलित मुलुक हो । साउदी गठबन्धनले इरान समर्थित हुथी विद्रोहीसँग पछिल्लो ७ वर्षदेखि लड्दै आएको छ । यो युद्धको क्रममा लाखौं मानिस विस्थापित भएका छन् । हुथीले जनवरी १७ मा आबुधाबीमा आक्रमण गरेको थियो । सो क्रममा तीन जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७