पूर्व मिस यूएसए चेस्लीले गरिन् आत्महत्या


१७ माघ २०७८, सोमबार
cheselie1643614670
NEW YORK, NEW YORK – JANUARY 07: Cheslie Kryst attends the world premiere of “Like A Boss” at SVA Theater on January 07, 2020 in New York City. (Photo by Dia Dipasupil/WireImage)

काठमाडौं । सन् २०१९ की मिस यूएसए तथा म्यागजिन ‘एक्स्ट्रा’ की संवाददाता चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । उनी यही जनवरी ३० मा न्युयोर्क सिटीमा मृत भेटिएकी हुन् ।

न्युयोर्क पोस्टका अनुसार ३० वर्षीय चेस्लीको न्युयोर्क सिटीको ३५० वेस्ट ४२ स्ट्रिटमा अवस्थित २०६.१५ मिटर अग्लो भवनबाट आइतबार बिहान ७ः१५ बजे हामफालेर मृत्यु भएको हो । उक्त भवनको नवौँ तलामा बस्ने उनी त्यसको सबैभन्दा माथिको तला अर्थात् २९ औं तलाको कौसीबाट हामफालेकी हुन् ।

वासिङटन पोस्टमा विज्ञप्ति जारी गर्दै चेस्लीको परिवारले उनको मृत्युको खबर पुष्टि गरेको हो । विज्ञप्तिमा लेखिएको छ, ‘ठूलो शोकमा, हामी हाम्रो प्यारी चेस्लीको निधनको खबर सार्वजनिक गर्दैछौं । उनको महान् ज्योति भनेको उनको सुन्दरता र शक्तिले संसारभरिकालाई प्रेरणा दिनु रह्यो ।’

एक्सट्रा म्यागजिनबाट उनका सहकर्मीहरूले पनि समवेदना व्यक्त गरेका छन् । आत्महत्या गर्नुअघि उनले अन्तिम पोस्टका रूपमा इन्स्टाग्राममा आफ्नो एउटा सुन्दर फोटोसहित लेखेकी थिइन्, ‘यो दिनले तपाईंमा शान्ति र आराम ल्यायोस् ।’ क्रिस्टाले दुई वटा युनिभर्सिटीबाट तीनवटा डिग्री हासिल गरेकी छन् । उनले पछिल्लो समय अमेरिकाको कानुन परिवर्तन गर्नुपर्ने माग गर्दै आएकी छन् । बलिउड हंगामाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७