‘एमालेविरुद्ध गठबन्धन किन ? आवधिक निर्वाचन टार्दै स्वच्छाचारी शासन लम्व्याउन’


१७ माघ २०७८, सोमबार
yogesh bhattarai F99rSqN1i2

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आवधिक निर्वाचन टार्न एमालेविरुद्ध गठबन्धन लागिपरेको भन्दै रोष प्रकट गरेका छन् । भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत् आवधिक निर्वाचन टारेर स्वच्छाचारी शासन लम्ब्याउन एमालेविरुद्ध गठबन्धन लागिपरेको आरोप लगाएका हुन् ।

उनले एमालेविरुद्ध गठबन्धन किन भन्दै लेखेका छन्, ‘प्रदेशमा मन्त्रालय फुटाउँदै, मन्त्रीको संख्या थप्दै, चालु र अनुत्पादक खर्च बढाउन । आवधिक निर्वाचनलाई टार्दै स्वच्छाचारी शासन लम्व्याउन ।’

प्रदेश १ मन्त्रालय फुटाउने निणर्यलाई लिएर प्रमुख प्रतिपक्षी दलका नेता योगेश भट्टराईले रोष प्रकट गरेका छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकले सातवटा मन्त्रालय फुटाएर १२ बनाउने निणर्य लिएपछि भट्टराईले रोष प्रकट गरेका हुन्।उनले सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै प्रदेश मन्त्रालय अनुत्पादक खर्च बढाउने काम गरिएको पनि आरोप लगाएका छन्।

गत कात्तिक १६ गते मुख्यमन्त्री बनेका राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भएपछि मन्त्रालय फुटाएका हुन्। उनलेसामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाउने निणर्य आइतवारको मन्त्रिपरिषद्‍बाट लिएका छन् ।

Capture 5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७