घट्यो बैतडीको जनसंख्या


१७ माघ २०७८, सोमबार
baitadi

बैतडी । बैतडीको जनसंख्या साढे ६ हजार घटेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसंखया घटेको पाइएको हो ।

विसं २०६८ को जनगणनाअनुसार बैतडीको जनसंख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले बताए ।

सार्वजनिक विवरणअनुसार जिल्लाको सबैभन्दा बढी जनसंखया पुर्चौडी नगरपालिकामा रहेको छ । त्यहाँको जनसंख्या १९ हजार ९६५ रहेको छ । दशरथचन्द नगरपालिकाको जनसंख्या १६ हजार ७३३, पाटनको जनसंख्या १४ हजार ९४५ र मेलौलीको जनसंख्या ११ हजार २६५ रहेको छ ।

दोगडाकेदार गाउँपालिकाको जनसंख्या १२ हजार ७६५, सिगास गाउँपालिकाको जनसंख्या १२ हजार ३२६, डिलाशैनी गाउँपालिकाको जनसंख्या ११ हजार ८८६, शिवनाथ गाउँपालिकाको जनसंखया नौ हजार ७५८, सूर्नया गाउँपालिकाको जनसंख्या नौ हजार ६८१ र पञ्चेश्वर गाउँपालिकाको जनसंख्या नौ हजार ६५० रहेको छ ।

बसाइसराइलगायत कारणले जिल्लाको जनसंख्या घटेको प्रमुख पन्तले बताए । उनले भने, ‘जनसंख्या घट्नुको प्रमुख कारण बसाइसराइ नै हो, तराईको जनसंख्या बढेकाले पहाडबाट बसाइ सरेर तराइ झर्ने बढेका छन् ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७