आइएमई लाइफ इन्स्योरेन्सको मास्कट सार्वजनिक


१७ माघ २०७८, सोमबार
IMe bot character new C2eWHMrZS3

काठमाडौं, १७ माघ । आईएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा १० हजार लाइक पुगेको उपलक्ष्यमा मास्कट सार्वजनिक भएको छ । कम्पनीले जनाएअनुसार उक्त सबै लाइक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरू तथा हितैषीहरुको सामूहिक प्रयासबाट सम्भव भएको कम्पनीले जनाएको छ । यसको लागि छुट्टै विज्ञापन गरिएको थिएन ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमईको प्रतिनिधित्व गर्ने मास्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत गर्ने फुयाँलले बताए । कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको पनि उनले बताए ।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा सर्वसाधारणहरूसँग कम्पनीको प्रतिनिधिको रुपमा सम्वाद गर्ने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७