पाँच वर्ष दुःख सहनुस्, काठमाडौंमा रेल गुड्छ : मन्त्री महासेठ


४ चैत्र २०७४, आईतवार
raghubir mahaseth

काठमाडौं, ४ चैत : भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंबासीको यातायात असुविधा पाँच वर्षभित्रमा सकिने दावी गरेका छन् ।raghubir mahaseth

उनले अब पाँच वर्ष दुःख झेले त्यसपछि काठमाडौंबासीले रेलको यात्रा गर्न पाउने दावी गरे । उनले पाँच वर्षभित्र काठमाडौंमा रेल गुडाउन आफूले कुनै कसर बाँकी नराख्ने बताएका छन् । आइतबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा मन्त्री महासेठले भने, ‘‘सिङ्गापुर, मलेसिया र साइप्रस विकास हुन सक्छ भने नेपाल किन सक्दैन ? इच्छाशक्ति भएपछि सबै सकिन्छ । पाँच वर्ष्भित्र उपत्यकामा रेल गुड्छ ढुक्क हुनुस् ।’

अहिलेको सरकारलाई काम नगर्नका लागि कुनै पनि बहाना नभएकाले पाँच वर्ष्भित्रमा लक्षित योजनाहरु सम्पन्न गरेरै छाड्ने बताए । आर्थिक समृद्धि र भौतिक पूर्वाधार विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओली प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले एकै वर्षमा चमत्कार गर्न नसकिएपनि पाँच वर्षभित्रमा चमत्कार गरेर देखाउने दाबी गरे । महासेठले केहीदिनभित्र नै काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर उप–महानगरपालिका, सडक विभाग, रेल विभाग, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाबीच विशेष छलफल गरेर काठमाडौँ उपत्यकाको सडक र सवारी व्यवस्थापनका लागि योजना बनाइने स्पष्ट पारे । ‘थाई एयरवेज र नेपाल वायुसेवा निगम एउटै वर्ष स्थापना भएको हो । थाइ एयरवेज आज कहाँ पुगिसक्यो, नेपाल वायुसेवा निगम कहाँ छ ? इच्छाशक्तिका कारण हो’, मन्त्री महासेठले भने ।

विगतमा काम भएन भनेर अहिलेको सरकारलाई तुलना नगर्न उनले आग्रह गरे । मन्त्रीसेठले २० वर्ष पूराना सवारी साधन हटाउने विषयमा आफूले पुनर्विचार गर्ने समेत बताए । ‘२० वर्ष पूराना गाडी हटाउने निर्णयका विषयमा हामी गम्भीर छौँ । चाँडै नै नयाँ नीति बनाउँछौँ’, उनले भने । यद्यपी पूराना गाडी कुनै न कुनै दिन हटाउनै पर्नेउनको तर्क छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७