एपेक्स बैंक घोटाला काण्डमा नागरिक लगानी कोषका कर्मचारी समातिए


४ चैत्र २०७४, आईतवार
apex and ncc bank

काठमाडौं, ४ चैत । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) को करिब दुई अर्ब रुपैयाँ घोटाला प्रकरणमा नागरिक लागनी कोषको एक कर्मचारी समातिएका छन् । NCC and Apex BankNCC and Apex Bankapex and ncc bank

पक्राउ पर्नेमा तत्कालिन एपेक्स बैंकको सञ्चालक रहेका नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी हुन् । । अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई पक्राउ गरेको हो ।बैंक मर्ज भएपछि उनी लगानी कोषमा काम गर्न थालेका थिए ।

शुक्रबार बैंकको बोर्ड बैठक बसिरहेकै वेला एपेक्स बैंकका तत्कालिन अध्यक्ष विष्णुप्रसाद धितालसहित १३ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बैंकका सहायक महाप्रबन्धक ऋषिराज भट्टसहित अन्य उच्च अधिकारीहरू छन् ।

तत्कालिन एपेक्स डेभलपमेन्ट बंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरेर १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला भएको छ । करिब २६ जना नक्कली ऋणि तयार पारेर पुँजी अपचलन गरिएको थियो ।  खोला र बगरको जग्गा धितो राखेर नक्कली ऋणी श्रृजना गरेर एपेक्स डेभलपमेन्ट बैंकले दुई अर्ब रुपैयाँको ऋण जारी गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७