१९ अंकले बढ्यो नेप्से, साढें ६ अर्बको कारोबार


१८ माघ २०७८, मंगलवार
share

काठमाडौं । शेयर बजार आज (मंगलबार) फेरि लयमा फर्किएको छ । आइतबार सय अंक बढीको उछाल आएको बजारमा सोमबार १३ अंकको गिरावट आएकोमा मंगलबार पुनः दोहोरो अंकको सुधार आएको हो ।

यस दिन कारोबार पनि सुधारिएर साढें ६ अर्ब माथि पुग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १९ अंकले उकालो लागेर २८ सय ९१ पुग्यो । जीवन बीमा, उत्पादनमूलक, व्यापार र होटल तथा पर्यटन समूह सामान्य अंकले रातो रहे बाहेक अरु समूह सकारात्मक रहे ।

जलविद्युत समूहमा सबैभन्दा उच्च सय अंक माथिको बृद्धि आयो । निर्जीबन बीमा, विकास बैंक, वित्त र लघुवित्त समूह दोहोरो अंकले उकालो लागे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २३ कम्पनीको एक करोड २१ लाख कित्ता शेयर ६ अर्ब ५८ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १४८ कम्पनीको शेयर मूल्य बढ्दा ३६ को घट्यो भने ६ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७