इन्डोनेसिया हिंडेका दुई भारतीयलाई अध्यागमनले रोक्यो


२० माघ २०७८, बिहीबार
adyagaman

काठमाडौं । नेपाल हुँदै इण्डोनेसिया जान लागेका दुई भारतीय नागरिकलाई अध्यागमनले रोकेको छ । भारतीय नागरिकहरु जेड ६३३९४३० नम्बरको राहदानी भएका देभवीनन्नदन मारु र जेड १७८९९३० नम्बरको राहदानी बोकेका विन्दु मारुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन कार्यालयले इण्डोनेसिया जान प्रस्थान अनुमति नदिएको हो ।

उनीहरु बुधबार इण्डोनेसिया जाँदै थिए । नेपालस्थित भारतीय दूतावासले जारी गर्ने ‘प्रस्थान अनुमति दिए आपत्ति छैन (एनओसी लेटर)’ भन्ने व्यहोराको पत्र समेत उनीहरुसँग थिएन । अध्यामगन अधिकृतले एनओसी लेटर माग्दा उनीहरुले दिन सकेनन् ।

नेपालबाट पहिलो पटक अन्य मुलुक जाने भारतीय नागरिकलाई नेपालस्थित भारतीय दूतावासले एनओसी लेटर दिने गरेको छ । भारतीय दूतावासको उक्त पत्रका आधारमा मात्र अध्यागमनका अधिकारीहरुले पहिलो पटक विदेश जाने भारतीय नागरिकलाई प्रस्थान अनुमति दिन्छन् । ती भारतीय नागरिकहरु नेपाल प्रवेश गरेको अभिलेखसमेत अध्यामगनमा देखिदैन ।

उनीहरु स्थलमार्गबाट नेपाल प्रवेश गरेको र अवाञ्छित गतविधिमा संलग्न भएको आशंकामा अध्यामगनले उनीहरुलाई फिर्ता गरेको हो ।
पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिजिट भिसा र नेपाललाई ट्रान्जिट बनाई अन्य मुलुक प्रवेश गर्ने विदेशीहरुको यात्रमा कडाइ गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७