परराष्ट्रमन्त्री खड्कालाई गृह जिल्लामै कालो झण्डा


२० माघ २०७८, बिहीबार
Narayan Khadka

उदयपुर । परराष्ट्रमन्त्री डा.नारायण खड्कालाई उदयपुरमा कालो झण्डा देखाएका छन् । गृह जिल्ला आएका परराष्ट्रमन्त्री खड्कालाई नेकपा एमाले निकट अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका हुन् ।

गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेको परराष्ट्रमन्त्री खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने अनेरास्ववियुका भुवन दाहाल, मनोज तामाङसहित तीन जना विद्यार्थीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

परराष्ट्रमन्त्री डा.खड्का त्रियुगा नगरपालिका-८ स्थित अम्बेरसिंह जनता माध्यमिक विद्यालय राजावासको बालबालिकाहरूलाई न्यानो कपडा र त्रियुगा नगरपालिका-९ स्थित सरस्वती गाउँमा ७२ घर परिवारमा जडान गरिएको विद्युत् उद्घाटन गर्न आउँने क्रममा कालो झण्डा देखाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७