मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ


२० माघ २०७८, बिहीबार

काठमाडौं । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौंको गोकर्णेश्वर र ललितपुरको सानेपाबाट दुई मोटरसाइकलसहित चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका घर भई हाल काठमाडौंको चाबहिलमा बस्ने २३ वर्षीय सौरभ महतरा र सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका बस्ने १८ वर्षीय समीर तामाङ रहेका छन् ।

महाशाखाका अनुसार पक्राउ पर्नेले मोटरसाइकलको वास्तविक नम्बर परिवर्तन गरी मोटरसाइकल चलाउँदै आएका थिए । उनीहरू दुवै जनालाई कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७