एमसीसी पास गर्न प्रधानमन्त्रीले मागे महन्थ ठाकुरसँग सहयोग


२० माघ २०७८, बिहीबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार देउवा र ठाकुरबीच एमसीसीलगायत पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको स्रोतले जानकारी दिएको छ ।

छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी मुलुकको हितमा भएकाले संसद्बाट पारित गर्न लोसपाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताए ।

सोही क्रममा प्रधानमन्त्री देउवाले सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा आनाकानी गरे सभामुखको विकल्प समेत खोज्न सकिने बताएका थिए । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आए त्यसबेला आफूलाई सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए । ठाकुर प्रतिनिधिसभाका ज्येष्ठ सदस्य हुन् । अध्यक्ष ठाकुरले एमसीसीबारे सरकारले निणर्य लिनुपर्ने र त्यसपछि आफ्नो भूमिका प्रष्ट हुने प्रधानमन्त्री देउवालाई जवाफ दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७