भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना संक्रमितको मृत्यु


२० माघ २०७८, बिहीबार
veri hospital

बाँके । बाँकेको भेरी अस्पतालमा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत दाङ र बाँकेका दुई जना कोरोना संक्रमितक मृत्यु भएको हो ।

जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका अनुसार भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत शान्तिनगर गाउँपालिका-३ का ८० वर्षीय पुरुषको बुधबार राति १ः५० बजे र नेपालगञ्ज उपमहानगरपालिका-८ का ८६ वर्षीय पुरुषको बिहीबार बिहान ९ बजे मृत्यु भएको हो ।

माघ १६ गते कोरोना पुष्टि भएका दाङका पुरुषलाई त्यसै दिन भेरी अस्पतालमा भर्ना गरिएको र माघ १३ गते कोभिड पुष्टि भएका बाँके नेपालगञ्जका सङ्क्रमित पुरुषलाई पनि सोही दिन अस्पताल भर्ना गरिएको थियो । हालसम्म बाँके जिल्लाका ३४८ जनाको कोभिडबाट मृत्यु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७