जाल्पा सामुदायिक लघुवित्तको आइपीओ शुक्रबारबाट खुल्दै


२० माघ २०७८, बिहीबार
IPO

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले भोलिदेखि १०० रुपैयाँका दरले ५ लाख २२ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो ।

जसमध्ये साधारण सेयरमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् ८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ३६ हजार १०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी सुरक्षित ४ लाख ८७ हजार ५०० कित्ताका लागि सर्वसाधारणका लागि छुट्याएको छ ।

jaalpa 20220203081618

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २२० कित्तासम्मका लागि माग गर्न पाउने छन् । उक्त शेयर भोलि अर्थात् माघ २१ गतेदेखि निष्काशन खुल्ला भइ छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गते बन्द हुनेछ । कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित भएको संस्था हो ।

यस लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय पोखरा महानगरपालिका वडा नं. ८, सिमलचौर, कास्कीमा रहेको छ । हाल वित्तीय संस्थाले राष्टियस्तरमा ८७ शााखा कार्यालयहरु, ३ वटा संकलन केन्द्रहरु, १४ वटा अनुगमन कार्यालयहरु र २ वटा प्रदेश कार्यालय स्थापना गरी लघुवित्त कारोबार गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७