रोकिएका लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि


२० माघ २०७८, बिहीबार
Loksewa Aayog 1

काठमाडौं । कोभिड १९ (कोरोना भाइरस) सङ्क्रमणका कारण स्थगित लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने भएका छन् ।

लोकसेवा आयोगले समय तालिका सार्वजनिक गर्दै उपसचिव वा त्यस सरह (अप्राविधिक र प्राविधि) तर्फ शाखा अधिकृत वा त्यस सरह प्राविधिक र स्वास्थ्य सेवातर्फ सातौं, आठौं र नवौं तहको विभिन्न पदका लिखित परीक्षाहरू फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको हो । आयोगले स्थगित भएका सबै परीक्षा २०७९ सालको वैशाख १४ गतेसम्म सम्पन्न हुने उल्लेख गरेको छ ।

परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवम् आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन मापदण्ड २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ ।

कोरोना भाइरसको जोखिम र सङ्घीयता कार्यान्वयनमा गएसँगै समायोजनमा असन्तुष्ट रहेका कर्मचारीहरू कानुनी उपचारमा गएका कारण लोकसेवा आयोगको वार्षिक क्यालेन्डर नै प्रभावित भएको थियो । लोकसेवाका विभिन्न तहका झण्डै १५ सय पदका लागि गरिएको विज्ञापन प्रभावित भएको थियो ।

लोक सेवाको तालिका प्रभावित हुँदा पहिलेको परीक्षामा अन्तिम चरणसम्म पुगेकाहरू समेत त्यसको टुङ्गो नलाग्दा फेरि सुरुबाट तयारी थाल्नुपर्ने अवस्था बनेको थियो । अब भने कानुनी समस्या समाधान भएसँगै लोकसेवा आयोगले फेरि धमाधम नतिजा प्रकाशन गर्ने र परीक्षा सञ्चालनको मिति तोकेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७