जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन : तेल ट्यांकर तोडफोड, दर्जन कार्यकर्ता पक्राउ


२० माघ २०७८, बिहीबार
todfod

सिरहा । सिरहाको पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सडकमा आन्दोलन गरिरहेका सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् । बिहीबार नरहा गाउँपालिकामा मिर्चैयाबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख १७९८ नम्बरको तेल ट्यांकर तोडफोड भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको प्रहरीले जनाएको छ । जनमत पार्टीका कार्यकर्ताले गाडी तोडफोड गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । आन्दोलनकारीहरूको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् ।

ढुंगामुढा गर्ने १३ जना कार्यकर्तालाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमल्सिनाले जानकारी दिए । किसान आन्दोलनको नाममा गरिएको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दूरीको यातायात ठप्प छ । प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधनसहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७