शेयर बजारमा साढे १४ अंकको गिरावट, आठ अर्ब ६१ करोडको कारोबार


२० माघ २०७८, बिहीबार
share market गिरावट

काठमाडौं । शेयर बजार परिसूचक नेप्से आज (बिहीबार) साढे १४ अङ्कले घटेको छ । नेप्से आज १४ दशमलव ५८ अङ्कले घटेर दुई हजार आठ सय ७६ दशमलव ७५ विन्दुमा झरेको छ । आज जलविद्युत् र निर्जीवन बीमाबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । जीवन बीमा समूहको शेयर सबैभन्दा धेरै एक सय ७३ अङ्कले घटेको छ ।

आज नेप्से घटे पनि कारोबार संख्या र रकम भने बढेको छ । आज एक करोड ५७ लाख ८० हजार कित्ता शेयर आठ अर्ब ६१ करोड २१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोको ८२ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आरएमडीसी लघुवित्तको शेयर साढे तीन प्रतिशत र पोखरा फाइनान्सको शेयर तीन प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि विन नेपाल लघुवित्तको शेयर १० प्रतिशत र बुद्धभूमि हाइड्रोको शेयर नौ दशमलव ७३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७