सुरक्षित बस्ती स्थानान्तरणको पर्खाइमा याङरी र लार्केका पीडित


२० माघ २०७८, बिहीबार
d]nDrLsf] ejg 9fn]/ aufP l;Gw’kfNrf]s, !& ;fpg M zlgjf/ /fltb]lv cfPsf] af9Ln] /]l8of] d]nDrLsf] ejg 9fn]/ aufP . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

सिन्धुपाल्चोक । गत असार १ गतेको बाढीका कारण घरबारविहीन भएका सिन्धुपाल्चोक बरुवाका विस्थापित अझै पाल र टहरामै बस्न बाध्य छन् । चिसो मौसममा कठ्याङ्ग्रिदै दिन रात बिताएका उनीहरु सुरक्षित आवाससहित बस्ती स्थानान्तरणको पर्खाइमा छन् ।

बाढीका कारण विस्थापित पाँचपोखरी थाङपाल- २ बरुवाका बासिन्दा सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने चिन्तामा छन् । याङरी खोला तटीय क्षेत्रमा बस्दै आएका उनीहरुको न कतै जग्गा छ नत बस्ने घर नै छ । जोखिमयुक्त उक्त बस्ती सार्नुपर्ने विज्ञको सुझावपछि सुरक्षित बासस्थानको खोजीमा भौतारिएका स्थानीयवासीलाई छिटृै घर बनाउनु पर्ने आवश्यक भएको पीडित हरिबहादुर तामाङ बताउँछन् ।

पुर्खौली थातथलो छोड्नुपर्ने चिन्तामा रहेका बाढीपहिरो जस्ता प्राकृतिक विपत्तिबाट पीडित उनीहरुले अझैसम्म घर बनाएर बस्ने सुरक्षित ठाउँ पाउनसकेका छैनन् । जग्गा अभावकै कारण पीडितको सुरक्षित आवास निर्माण प्रक्रियासमेत अघि बढ्न नसकेको अर्का स्थानीयवासी पूणर् थिङ बताउँछन् ।

स्थानीय तहले बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित ठाउँमा स्थान्तरणको प्रयास गरिरहेको बताए पनि ठोस् काम भएको भने देखिँदैन । बर्खायाम सुरु हुनु अगावै पीडितलाई सुरक्षित स्थानमा घर बनाएर स्थानान्तरण गर्न चुनौतिपूणर् देखिए पनि पूरा गरेरै छोड्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा बताउँछन् । यसका लागि प्रदेश र केन्द्रीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

निकै विकट यस क्षेत्रमा प्रदेश र केन्द्रीय सरकारको ध्यान नपुगेको वडाध्यक्ष पासाङ लामाको गुनासो छ । याङरी खोला थुनिएर आएको बाढीले तटीय क्षेत्रका सात घर बगाउनाका साथै १३० घर उच्च जोखिम पुर्‍याएको छ । बर्खा अगावै आफूहरुलाई सुरक्षित स्थानमा आवाससहित स्थानान्तरण गर्नु स्थानीय सरकारको दायित्व रहेको पीडितहरू बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७