म्यानपावर कम्पनीलाई वर्गीकरण गरिने


२० माघ २०७८, बिहीबार
manpower

काठमाडौं । सरकारले म्यानपावर कम्पनीको वर्गीकरण गर्ने भएको छ । सरकारले मापदण्ड तथा स्तर मापदण्ड गरी म्यानपावर कम्पनीको वर्गीकरण गर्न लागेको हो ।

म्यानपावर वर्गीकरणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न कार्यदल गठन गरेको छ । त्यसका लागि सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य छन् । कार्यदलले म्यानपावर कम्पनीलाई विभिन्न समूहमा वर्गीकरण गर्न मापदण्ड तथा सूचक तयार गर्नेछ ।

वर्गीकरण गर्दा म्यानपावर कम्पनी कुन राम्रो र कुन नराम्रो भनेर छुट्याउन सजिलो हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बताए । वैदेशिक रोजगारलाई व्यवस्थित र मर्यादित बनाउँदै ठोस सुधारका लागि वर्गीकरण गर्न लागिएको मन्त्री श्रेष्ठले बताए । ८६० वटा म्यानपावर कम्पनी सञ्चालनमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७