गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे नियुक्त


२० माघ २०७८, बिहीबार
Santosh Ghimire CEO 750x430 1

काठमाडौं,२० माघ । गोर्खाज फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । यस अगाडि एक वर्षदेखि उनी फाइनान्सको महाप्रवन्धक रहेर काम गरेका थिए ।

माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । नियुक्त भएका घिमिरेले आज बिहीबारबाटै जिम्मेवारी सम्हालेका छन् । बैंकिङ क्षेत्रमा लामो अनुभव संगालेका घिमिरेले ३ दशकसम्म नेपाल राष्ट्र बैंकमा रहेर काम गरिसकेका छन् । फाइनान्सको सञ्चालक समितिले घिमिरेलाई ४ वर्षे कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।


नागरिकको आर्थिक जीवनमा परिवर्तन ल्याउने अपेक्षा र उद्देश्यका साथ यस फाइनान्सले देशको सातै प्रदेशमार्फत सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनिय बैंकिङ्ग सेवा दिइरहेको छ । यस फाइनान्सले नागरिकको आर्थिक अवस्थामा सु्धार ल्याउने उद्देश्यका साथ विभिन्न बचत योजनाहरु समेत सञ्चालन गरिरहेको छ । फाइनान्सले निःशुल्क मोबाइल तथा इन्टनेट बैकिंङ, निशुल्क डेभिट कार्ड, एबिबिएस सेवा र चेकबुक तथा स्टे्टमेण्ट सेवा दिँदै आएको छ ।

हालसम्म फाइनान्सले मुख्य कार्यालयसहित २७ वटा शाखा कार्यालयहरू हेटौडा, रवि, बिर्तामोड, दमक, इटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा, वीरगन्ज, नारायणघाट, पोखरा, लखनचोक बुटवल, विजौरी दाङ, नेपालगन्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर तथा काठमाडौँ उपत्यकाभित्र डिल्लीबजार, बौद्ध, गोंगबु, न्युरोड, सातदोबाटो, भक्तपुरसहित कोटेश्वारबाट एकस्टेन्सन काउन्टरल गरी दशको सातै वटा प्रदेशमार्फत सर्वसाधारणलाई सेवा दिई रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७