आजबाट जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री खुला


२१ माघ २०७८, शुक्रबार
IPO

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) आजबाट बिक्री खुला भएको छ । माघ ९ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आईपीओ निष्काशन अनुमति दिएको थियो ।

आजबाट बिक्री खुला भएको आईपीओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ । योसँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आईपीओ निष्काशन प्रक्रिया सुरू भएको छ । कम्पनीले प्रति कित्ता १०० सय रुपैयाँ अंकित दरका ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये ८ हजार कित्ता शेयर कम्पनीको कर्माचारीहरुको लागि छुट्याइएको छ भने २६ हजार १ सय कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ । बाँकी रहेको ४ लाख ८७ हजार ९ सय कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी १६ करोड पुग्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७