प्रहरीको सई हुँ भन्दै लुटपाट गर्ने युवक पक्राउ


२१ माघ २०७८, शुक्रबार
pakrau
फाइल फोटो

दाङ । प्रहरीको सई हुँ भन्द्रै लुटपाट गर्ने एक युवकलाई प्रहरीले दाङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१७ कर्जाहीका २५ वर्षीय छ्याक्ले भनिने अनिल पुन छन् ।

पुनले माघ १७ गते राति १० बजेतिर घोराही १५ आर्मी ब्यारेक नजिकको सडकमा आफू प्रहरीको सई हुँ भन्दै मार्सल पुन मगर र सन्तोष खड्कालाई लुटपाट गरेका दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

सडकमा पैदल हिँडिरहेका मगर र खड्कालाई रा ४ प ६३३० नम्बरको मोटरसाइकलमा सवार पुनसहित अर्का एक व्यक्तिले एक्कासी कुटपिट गरेका थिए । आफू प्रहरीको सई रहेको भन्दै अपशब्द प्रयोग गरी आफूहरुमाथि कुटपिट भएको पीडितले बताएका छन् । त्यसक्रममा उनीहरूले मगर र खड्काको साथमा रहेको नगद चार हजार र मोबाइल समेत लुटेर लगेका अनुसन्धानको क्रममा खुलेको छ । घटनामा संलग्न अर्का एक युवक भने फरार रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७