घरेलु टोलीलाई हराउँदै इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा


२१ माघ २०७८, शुक्रबार
Egypt football team XkdUtbUdbm

काठमाडौं । इजिप्ट अफ्रिका कप अफ नेसन्सको फाइनलमा पुगेको छ । बिहीबार राति भएको खेलमा घरेलु टोली क्यामरुनलाई पेनाल्टी सुटआउटमा हराउँदै इजिप्टले फाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

दोस्रो सेमिफाइनलअन्तर्गतको खेलको निर्धारित समयमा दुवै टोलीको तर्फबाट कुनै गोल भएन । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको हो ।

इजिप्टका गोलकिपर खेलको नायक बने । क्यामरुनले गरेको चार पेनाल्टीमध्ये एक मात्र गोल भयो । इजिप्टले प्रहार गरेको सबै ३ पेनाल्टीमा गोल गर्‍यो । यससँगै अब इजिप्टले फाइनलमा आइतबार सेनेगलको सामना गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७