एक्लौटी एमसीसी अघि बढाए गठबन्धन कायम रहन सक्दैन : चित्रबहादुर केसी


२१ माघ २०७८, शुक्रबार
chitra bahadur kc

दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद् लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका छन् ।
उनले जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो नभएको समेत बताएका छन् ।

राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीद्वारा आज दाङको लमहीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष केसीले अमेरिकी मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा गठबन्धन कायम राख्न नसकिने बताए । एमसीसीकै कारण सत्ता गठबन्धनमा हलचल पैदा भइरहेका बेला सत्ता गठबन्धनकै दल जनमोर्चाका अध्यक्ष केसीको यस्तो धारण आएको हो । उनले सत्ता गठबन्धन दलको छलफल र सहमतिमै एमसीसी अघि बढ्नु पर्ने र यसमा आवश्यक परिमार्जन समेत आवश्यक रहेको बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रस्ताव संसदमा टेबुल गर्न जोडबल गरिरहेका छन् । बालुवाटारमा हिजो साँझ आफू निकटका नेताहरुसँग आन्तरिक परामर्श गर्दै देउवाले २६ गतेको संसदमा प्रस्ताव अघि बढाउन जोड दिएका हुन् ।

देउवाले हिजो साँझ गृहमन्त्री बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस सचेतक पुष्पा भुसालसँग छलफल गरेका थिए । छलफलमा उनले सदनको अवरोध हटाउन र एमसीसी प्रस्ताव अघि बढाउने विषयमा आफूले पनि निणर्ायक पहल थाल्ने भन्दै अन्य पार्टीसँग परामर्श गर्ने जिम्मेवारी मन्त्रीद्वय खाँण र कार्कीलाई दिएका हुन् ।

गठबन्धनका साझेदार माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कार्यदलको सुझावपछि मात्रै एमसीसी अघि बढाउनुपर्ने पक्षमा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७