टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु, सहचालक गम्भिर घाइते


२१ माघ २०७८, शुक्रबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

धादिङ । पृथ्वी लोकमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका-९, बीसकिलोमा टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । सहचालक घाइते छन् । धुनिबेशी-८, भदौरेका ३२ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको हो ।

काठमाडौंबाट खानीखोलातर्फ जाँदै गरेको बा ४ ख ११६२ नम्बरको टिपर आज बिहान करिब पौने ३ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

घाइते भएका सहचालक काठमाडौंका २० वर्षीय सविन कुँवरलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७