मनाङमा तीन फिट बाक्लो हिमपात, खोला समेत जम्यो


२१ माघ २०७८, शुक्रबार
snow manang

मनाङ । मनाङमा तीन फिट बाक्लो हिमपात भएको छ । बिहीवार दिउँसोदेखिको निरन्तरको हिमपातसँगै मनाङको जनजीवन प्रभावित भएको छ ।

मनाङको तापक्रम घटेर माइनस १२ डिग्री सेल्सियस पुगेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार मनाङको माथिल्लो भेग टंकी मनाङ, खाङ्सार, मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी , चामे , दानक्यु लगायतका ठाउँमा हिमपात भएको छ ।

snow

लगातारको हिमपातले चिसो अत्यधिक बढेको छ । चिसो बढेसँगै धारामा पानी जमेको छ । खोला समेत जमेको मनाङका प्रहरी प्रमुख डिएसपी सुवास खड्काले बताए । हिमपातबाट हुने जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायहरु तयारी अवस्थामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म हेक्वा मनाङका प्रहरी निरीक्षक पूर्ण तामाङले बताए ।

snow 1

हिमपातले किसान भने खुसी भएका छन् । मनाङका स्थानीय अनिता लामाले हिमपातले आलु, फापर, गहुँ, जौ र उवालगायतका बालीलाई राम्रो गर्ने बताइन् । चामे गाउँपालिका- २ थान्चोकका स्याउ कृषक कुलबहादुर घलेले हिमपात हुनु स्याउ खेतीका लागि राम्रो भएको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७