जुवा खालबाट आठ जना पक्राउ, पौने ३ लाख बरामद


२१ माघ २०७८, शुक्रबार
Juwa Tas Khal 1536x900 1

दाङ । दाङको शान्तिनगर गाउँपालिकाबाट प्रहरीले आठ जना जुवाडेलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति ७ बजेतिर शान्तिनगर गाउँपालिका- ५ का नीराजन मल्लको घरमा जुवा खेलिरहेको अवस्थामा दुई लाख ८२ हजार तीन सय पाँच रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा घरधनी मल्ल, शान्तिनगर- ७ का ४० वर्षीय प्रमोदकुमार खड्का, सोही ठाउँका ४५ वर्षीय उत्तम डाँगी, ३२ वर्षीय रमेश रावत, ४० वर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका- ९ का राजेशकुमार बोहरा, तुलसीपुर-का ५८ वर्षीय ध्रुव शाह, भारतको बिहार घई भई हाल शान्तिनगर- ५ बस्ने ३५ वर्षीय हजरत अली छन् । उनीहरुमाथि आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७