काठमाडौं महानगरपालिकाका वडा सदस्यविरुद्ध भ्रष्टाचार मुद्दा


२१ माघ २०७८, शुक्रबार
Bishes Adalat2020 02 05 05 10 01

काठमाडौं । काठमाडौं महानगरपालिका १४ नम्बर वडा कार्यालयका वडासदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

वडा सदस्य महर्जनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण-पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग दुई लाख घुस मागेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस बापतको रकम लिइसकेको अवस्थामा लियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानबाट भ्रष्टाचार गरेको पुष्टि भएपछि महर्जनविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७