एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला देउवा निकट नेता लेखक आज अमेरिका जाँदै


२१ माघ २०७८, शुक्रबार
Ramesh Lekhak
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता रमेश लेखक आज (शुक्रबार) अमेरिका जाने भएका छन् । पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट अमेरिकी परियोजना एमसीसी पास गराउने कसरतमा रहेका बेला उनी अमेरिका जान लागेका हुन् ।

नेता लेखक शुक्रबार राति ८ बजे अमेरिका प्रस्थान गर्ने बताइएको छ । एमसीसी पास गर्न निर्णायक पहल भइरहेका बेला प्रधानमन्त्री देउवाका विश्वास पात्र लेखक अमेरिका भ्रमणमा जान लाग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । तर, उनका स्वकीय सचिव जनक भट्टले नेता लेखक पारिवारिक भेटघाटका लागि अमेरिका जान लागेको बताएका छन् । लेखक पत्नी र छोरीका साथमा अमेरिका जान लागेका उनले जानकारी दिए ।

‘दाइको अमेरिका जानु र एमसीसी पासको प्रयास हुनुमा कुनै सम्बन्ध छैन । उहाँ पारिवारिक भेटघाटका लागि जान लाग्नु भएको हो’, भट्टले भने, ‘दुई महिना अघिबाटै अमेरिका जाने तयारी हो । छोरी, भाउजू र उहाँ जान लाग्नु भएको हो ।’ लेखक अमेरिकामा झण्डै एक महिना बस्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७