बाघ गणनाका लागि जडान गरिएका क्यामेरा नै चोरिए


२१ माघ २०७८, शुक्रबार
camera missing 20220204060542

रौतहट । बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा नै चोरी हुन थालेका छन् । जिल्लाको पौराइ बन क्षेत्रमा जडान भएको क्यामेरा हराएको हो । रौतहटको वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र निकुञ्ज तथा डिभिजन वन कार्यालयले वनमा बाघ गणनाका लागि माघ ४ गतेदेखि क्यामेरा जडान गरेको थियो ।

पौराइ बन क्षेत्रमा जडान भएको दुईवटा क्यामेरा चोरी भएको हो । पौराइ वन क्षेत्रमा लगाएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्रविधिक टीकाराम थारुले जानकारी दिए । बाघको सम्भावित बासस्थान र पानी खान आउजाउ गर्ने स्थानमा एक सय २२ वटा क्यामेरा जडान गरिएकोमा दुई वटा हराएको हो । अन्यस्थानको क्यामेराको अवलोकन गर्ने र हराएको क्यामेराको खोजी भइरहेको बन्यजन्तु प्राविधिक थारुको भनाइ छ ।

गत वर्ष भएको बाघ गणनामा जिल्लाको वन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । एक वर्षयता बाघ आक्रमणबाट एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। यहि माघ ४ गते देखि सुरु भइ १५ दिनसम्म रौतहटको बनमा क्यामेरा जडान रहने डिभिजन बन कार्यालयले जनाएको छ । बाघ गणनाका लागि ठाउँठाउँमा क्यामराहरु जडान भएको हुँदा सो क्यामेरा नछुन बन कार्यालयले सूचना जारी समेत गरेको थियो ।

गत वर्ष पनि रौतहटको बनमा क्यामेरा जडान गरी बाघको गणना गरिएको थियो । रौतहटमा ४ वटा बयस्क बाघ भेटिएका थिए । रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर, पौराइ, रंगपुर लगायतका वन क्षेत्रमा क्यामेरा जडान गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७