अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुनलाई कोरोना संक्रमण


२१ माघ २०७८, शुक्रबार
janardan ananta fljuiR9DEv

काठमाडौं । नेकपा माओवादी केन्द्रको महासचिवका दावेदार दुई नेतालाई कोरोना संक्रमण भएको छ । महासचिवमा दावेदारी गर्दै आएका नेता वर्षमान पुन र जनार्दन शर्मालाई कोरोना संक्रमण भएको हो । पुनको बिहीबार गरेको परीक्षणमा पोजेटिभ रिपोर्ट आएको हो । हाल नेता पुन आइसोलेसनमा छन् ।

त्यस्तै, महासचिवका अर्का दावेदार तथा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई पनि कोरोना संक्रमण भएको छ । अर्थमन्त्री शर्माको पाँच दिनअघि गरेको परीक्षणमा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनी मन्त्री क्वार्टरमा आइसोलेसनमा बसेका छन् । त्यस्तै माओवादीका अर्का नेता गिरिराजमणि पोखरेल पनि केही दिनयता कोरोनाबाट संक्रमित भएका छन् ।

नेकपा माओवादीले पदाधिकारी चयन गर्न आगामी माघ २७ केन्द्रीय समिति बैठक बोलाएको छ । नेताहरुमा कोरोना संक्रमण देखिन थालेपछि उक्त बैठक अन्योलमा परेको एक नेताले जानकारी दिए । नेकपा माओवादी केन्द्रका कार्यालय सचिव समेत रहेका केन्द्रीय सदस्य श्रीराम ढकालले बैठकको तयारी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७