कोरोनाबाट वीपी प्रतिष्ठानमा एक पुरुषको मृत्यु


२१ माघ २०७८, शुक्रबार
bp kovid

सुनसरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उदयपुरको गाइघाट-१२ का २८ वर्षीय पुरुषको बिहीबार साँझ मृत्यु भएको हो ।

माघ १४ गते कोरोना संक्रमण पुष्टि भएका ती व्यक्तिले कोभिड-१९ विरुद्धको १ डोज मात्र खोप लगाएको पाइएको उनले बताए । संक्रमण पुष्टि भएसँगै उनलाई उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७