शीतकालीन ओलम्पिक्स चीनको लागि महान जीत : किम जोङ


२१ माघ २०७८, शुक्रबार
Kim

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन् । शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा शुभकानमा सन्देश दिँदै किमले यस्तो बताएका हुन् ।

उत्तर कोरियाली नेता किमले आफूले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ ।

‘विश्व महामारीले नित्म्याएको स्वास्थ्य संकट र अन्य गम्भीर परिस्थितिका बाबजुद पनि समाजवादी चीनले ओलपिम्क्सको सफल उद्घाटन गरेको छ । यो नै चीनको महान जीत हो’ शुभकामना सन्देश पत्रमार्फत किमले शुक्रबार भनेका छन्, ‘योसँगै म दुई देशका सत्तारुढ पार्टी र दुई देशबीचको सम्बन्ध सुधार्न चाहन्छु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७