सिके राउत नेतृत्वको जनमत पार्टीको राजमार्ग केन्द्रित आन्दोलन स्थगित


२१ माघ २०७८, शुक्रबार
todfod

काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पूर्व-पश्चिम राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । पार्टीको शुक्रबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले मौसम प्रतिकूल भएको जनाउँदै राजमार्ग केन्द्रित आन्दोलन रोकेको हो । अब यो पार्टी पालिका केन्द्रित आन्दोलनमा लाग्ने निर्णय बैठकले गरेको महासचिव चन्दन सिंहले जानकारी दिएका छन् ।

जनमतले किसानहरुका माग पूरा नभए फागुन १ गतेदेखि थप कडा आन्दोलनका कार्यक्रम ल्याउने सिंहले निकालेको विज्ञप्तिमा उल्लेख छ । मौसमले साथ दिएमा किसानहरूसँग अन्तरक्रियालाई अघि बढाउने पनि जनमतले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७