फुटबल टोलीका प्रशिक्षक अलमुताइरी प्रधानमन्त्रीबाट सम्मानित


२१ माघ २०७८, शुक्रबार
football coach pm deuwa pVbIuwMGVK

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी सम्मानित भएका छन् । फुटबल टोलीलाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याए बापत प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई शुक्रबार सम्मान गरेका हुन् ।

गत असोजमा माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा उनको प्रशिक्षणमा नेपाली टोली फाइनलमा पुगेको थियो । सरकारले यसअघि नेपाली टोलीलाई सम्मानित गर्दा उनी देश बाहिर रहेका कारण आज सम्मान गरेको हो ।

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको टोलीका २३ खेलाडीलाई जनही ५ लाख र ३ प्रशिक्षकलाई सरकारले जनही ३ लाख रुपैयाँ दिएको थियो । माल्दिभ्समा असोजमा सम्पन्न साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७