तत्काल विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा सिंहदरबारमा छलफल


२१ माघ २०७८, शुक्रबार
pm office 1

काठमाडौं । कोभिड महामारीका कारण सरकारले माघ मसान्तसम्मका लागि विद्यालय बन्द राख्ने निणर्य गरेको थियो । त्यसपछिका दिनमा विद्यालय कसरी सञ्चालन गर्ने भन्ने विषयमा सरकारले सरोकारवालासँग छलफल थालेको छ ।

निजी क्षेत्रका विद्यालय सञ्चालकहरुका संस्था प्याव्यसन र एनप्याव्सनका प्रतिनिधि, अविभाविक संघका प्रतिनिधि तथा शिक्षक युनियनका प्रतिनिधिसहित प्रधानमन्त्री कार्यालमा छलफल शुरु भएको छ ।

निजी विद्यालय सञ्चालकहरुले भने २३ गतेपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्न अनुमति मागेको बताइएको छ । सरकारले माघ २३ गतेसम्म विद्यार्थीका लागि सम्बन्धित विद्यालयमै विशेष खोप अभियान चलाएको छ । त्यसपछि भौतिक रुपमै विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनको जोड छ । आजको छलफलले एउटा निणर्य गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७