हावाहुरीले रुख ढलेर किच्दा दुई विद्यार्थी र घर भत्किँदा एक महिलाको मृत्यु


२१ माघ २०७८, शुक्रबार

जनकपुर । मधेस प्रदेशमा हवाहुरीले तीन जनाको ज्यान गएको छ । शुक्रबार धनुषाको सबैलामा रुख ढल्दा दुई जना विद्यार्थीको च्यापिएर मृत्यु भएको छ । फकिरचन्द माविमा पढ्न गएका ८ वर्षीय रवीन्द्र सदा र १२ वर्षीया प्रतिमा सदाको रुख ढलेर च्याप्दा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । रौतहटमा पनि एक महिलाको मृत्यु भएको छ । घर भत्किएर रौतहटको फूलमति देवीको ज्यान गएको प्रहरीले जनाएको छ ।
हावाहुरीले प्रदेशसभाको वार्षिक उत्सव स्थगित
मधेस प्रदेशको प्रदेशसभामा आयोजित वार्षिक उत्सव स्थगित भएको छ । प्रदेशसभा सचिवालय आज चार वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । सो अवसरमा कार्यक्रम आयोजना गरिएको थियो । तर, प्रतिकूल मौसमका कारण कार्यक्रम स्थगित भएको प्रदेशसभाका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार सचिवालयभित्र कार्यक्रमका लागि बनाइएको मञ्चहरु पनि हावाले भत्काएको छ । हवाहुरीका कारण सांसदको पनि सहभागिता कम हुने भएकाले आज तय गरिएको कार्यक्रम स्थगित भएको छ । सांसदहरुलाई मोवाइलमा एसएमएस पठाएर स्थगित बारे सचिवालयले जनाकारी गराएका छन् ।

यद्यपि, यो कार्यक्रम कहिले हुने टुङ्गो लागेको छैन । कार्यक्रम मिति तय भएपछि पुनः सूचना प्रकाशन गरिने र सांसदहरुलाई जानकारी गराइने बताइएको छ । यस्तै, डा. सिके राउत नेतृत्वको जनमत पार्टीको सडक आन्दोलन पनि हवाहुरीका कारण स्थगित भएको छ । मधेस प्रदेशमा बिहीकबारदेखि हवाहुरी चल्दै छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७