प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त, सात महिनामा बन्दै सचिवालय


२१ माघ २०७८, शुक्रबार
govinda pareyar v8zl4Rpj4Q

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । कार्यकालको सातौं महिनामा प्रधानमन्त्री देउवाले निजी सचिवालयमा नियुक्ति गरिरहेका छन् । यसैक्रममा परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् ।

देउवाको अघिल्लो कार्यकालमा प्रेस संयोजक रहेका परियार त्यसवखत अन्नपूणर् पोष्टमा कार्यरत थिए । प्रधानमन्त्रीको सचिवालयमा नियुक्त भएसँगै अन्नपूर्ण पोष्ट छोडेका परियारले प्रधानमन्त्रीको कार्यकाल पूरा भएपछि काठमाडौं प्रेस डटकम अनलाइन पोर्टल सञ्चालन गर्दै आएका छन् ।

प्रधानमन्त्री नहुँदा पनि कांग्रेस सभापति देउवाका ट्वीटर तथा फेसबुकसहितका सामाजिक सञ्जाल चलाउँदै आएका परियार यसअघि औपचारिक रुपमा नियुक्त नभए पनि प्रधानमन्त्रीको सचिवालयमै काम गरिरहेका थिए ।

यसअघि भाषण तथा मन्तव्य विज्ञमा किरण गजुरेल र सूचना प्रविधि विज्ञमा इन्जिनियर दिपेश केसी नियुक्त भएका थिए । प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा भने भतिजा भानु देउवा केही महिनाअघि नै नियुक्त भएका हुन् । प्रशासनविज्ञका रुपमा पनि पूर्व सचिव जनार्दशन नेपाल नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७