ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल प्रधानमन्त्रीबाट सम्मानित


२१ माघ २०७८, शुक्रबार
Prince dahal

काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल प्रधानमन्त्री शेरबहादुर देउवाबाट सम्मानित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा रहेका प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाले शुक्रबार सम्मान गरेका हुन् ।

विश्व ब्याडमिन्टन महासंघ (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको यू-१९ को वरीयतामा प्रिन्स शीर्षस्थानमा छन् । ब्याडमिन्टनको वरियतामा पहिलो पटक शीर्ष स्थानमा उक्लिँदै प्रिन्सले कीर्तिमान बनाएका हुन् । यसअघि ब्याडमिन्टनको शीर्ष वरियतामा कुनै नेपाली खेलाडी परेका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७