कोरोनाबाट १६ जनाको मृत्यु, २,५२६ मा संक्रमण

उपत्यकामा ७४५ संक्रमित थपिए, एकै दिन पाँच लाख १३ हजारले लगाए खोप


२१ माघ २०७८, शुक्रबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १६ जनाको ज्यान गएको छ । संक्रमण घट्दै गए पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भने घटेको छैन । बिहीबार नेपालका कोरोनाबाट १४ जनाको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ पुगेको छ ।

संक्रमण भने निरन्तर ओरालो लाग्दै गएको छ । पछिल्लो २४ घण्टामा थप २,५२६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट गरिएको ११ हजार ७३ नमुनाको परीक्षण गरिएको थियो । पीसीआर विधिबाट १,६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण पुष्टि भएको छ ।

FKvff0paIAA LOB

२४ घण्टामा निको हुनेको संख्या भने ८,४२५ रहेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५६ हजार ४ सय ५७ रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७४५ जना कोभिड संक्रमित थपिएका छन् । काठमाडौंमा ५७०, भक्तपुरमा ५५ र ललितपुरमा १२० जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा ३५ हजार ७४८ पुगेको छ ।

आज देशभर ५५ हजार ९० जना होम आइसोलेसनमा र १,३६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै २४३ जना आईसीयू तथा ५१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा ५ लाख १३ हजार ५१ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७