सीजी नेटले १५ दिन निःशुल्क परीक्षण सुविधा दिने


२१ माघ २०७८, शुक्रबार
cg net 10TVBHfPcc 1

काठमाडौं । सीजी नेटले नयाँ इन्टरनेट जडान गर्ने उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताहरूले सीजी नेट जडानमा १५ दिनको निःशुल्क परीक्षण सुविधा पाउने जनाइएको छ ।

यसबाट नयाँ प्रयोगकर्ताहरूले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउँदा कुनै शुल्क लाग्ने छैन । यसरी उपभोक्तालाई १५ दिनसम्मको निःशुल्क परीक्षण अवधि दिने आफूहरु पहिलो सेवाप्रदायक कम्पनी भएको सीजी नेटले जनाएको छ । सीजी नेटका प्रमुख कार्यकारी अधिकृत संजय पोखरेलले प्रयोगकर्ताहरूले उच्च गतिको इन्टरनेट निःशुल्क अनुभव गर्न पाउने बताए । उनका

अनुसार राउटर, जडान र निक्षेप शुल्कको भुक्तानी नै नगरी उपभोक्ताले यो सुविधा प्रयोग गर्न पाउने छन् । सीजी नेटले हाल ९९९ रुपैयाँ प्रतिमहिनामा १२० एमवीपीएसको उच्च गतिको इन्टरनेट र ६४९ रुपैयाँ प्रतिमहिनामा ५० एमवीपीएसको सुपर सस्तो प्याकेज प्रदान गर्दै आएको छ ।

न्यून शुल्कमा गुणस्तरीय र उच्च गतिको इन्टरनेट खोज्ने उपभोक्ताहरूको पहिलो रोजाइमा आफूहरु रहेको कम्पनीले बताएको छ । सीजी नेटले काठमाडौं उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराउन सक्षम भएपछि प्रयोगकर्तालाई थप सुविधा दिनेतर्फ ध्यान केन्द्रित गरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७