बिपी राजमार्गबाट ८६ किलो गाजा नियन्त्रण


२२ माघ २०७८, शनिबार
g RNLtspD8oY

महोत्तरी । इलाका प्रहरी कार्यालय बर्दिबासले ८६ किलो प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको छ । चेकजाँचका क्रममा काठमाडौंबाट सिन्धुली हुँदै बर्दिवासतर्फ आएको बोलेरोमा ८६ किलो गाजा शुक्रबार साँझ बरामद गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

बर्दिवास-३ स्थित इलाका प्रहरी कार्यालयको अगाडी चेकपोष्टमा बा १२ च ३९५५ नम्बरको बोलेरोको पछाडिको हुटमा लुकाएर ल्याएको उक्त गाजासहित बोलेरो चालकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक बलिष्टार सिंहले जानकारी दिए ।

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा बीरगन्जबाट खटिएको टिमसहित इलाका प्रहरी कार्यालय बर्दिवासले उक्त गाडी दिनभर निगरानीमा राखेको थियो । बोलेरोसहित सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका घर भएका ३१ वर्षीय रमेश राणा मगरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

बोलेरोको हुडमा कालो प्लाष्टिकले छोपेर ल्याएको आठ पोका गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । डिजिटल तराजुले तौलिँदा उक्त गाजा ८६ केजी ३६५ ग्राम रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७