प्यूठानमा बेहुली लिएर फर्कंदै गरेको जीप दुर्घटना : आठ जनाको मृत्यु, पाँच जना गम्भिर


२२ माघ २०७८, शनिबार
accident

प्युठान । प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ जाँदै गरेको जीप ओखरपाटामा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ । दुर्घटनास्थलमै ६ जना र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा थप दुई जनाको मृत्यस भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी देवीप्रसाद गैह्रेले जानकारी दिए बताए।

ग १ ज ५०९२ नम्बर को जीप दुर्घटनामा परेको हो । दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जीप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७