२४ वर्षपछि पाकिस्तान भ्रमणमा अष्ट्रेलियाको क्रिकेट टोली


२२ माघ २०७८, शनिबार
pakistan australia Y9cEUA13Tq

काठमाडौं । अष्ट्रेलियाको क्रिकेट टोलीले आगामी मार्चमा पाकिस्तान भ्रमण गर्ने भएको छ । ३ टेस्ट, ३ ओडीआई र एक टी-२० खेलका लागि अष्ट्रेलियाको पुरुष क्रिकेट टोली पाकिस्तान भ्रमणमा जान लागेको हो । उक्त खेलहरु पाकिस्तानको कराँची, रावलपिण्डी र लाहोरमा हुनेछन् ।

यसअघि न्युजिल्याण्ड र इंगल्याण्डले पाकिस्तानमा सुरक्षा चुनौती रहेको भन्दै आफ्नो क्रिकेट टोली पठाउन अस्वीकार गरेका थिए। यद्यपि इंगल्याण्डले आगामी सेप्टेम्बरमा ७ टी-२० र नोभेम्बरमा ३ टेस्ट पाकिस्तानमा गएर खेल्ने बताइसकेको छ ।

अष्ट्रेलियाको क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट बोर्डर्ला खेलको आवश्यक सुवित्रा उपलब्ध गराएको धन्यवाद दिएको छ । अष्ट्रेलियाको क्रिकेट बोर्डका सीईओ निक हकलीले पाकिस्तानमा गएर क्रिकेट खेल्नु ऐतिहासिक क्षण भएको बताएका छन् । खेलको स्वस्थ विकासको लागि यो आवश्यक पनि रहेको उनको भनाइ छ ।

सन् २००९ मा श्रीलंकाका खेलाडीमाथि भएको आक्रमण भएको थियो । यो आक्रमणपछि पाकिस्तानमा ६ वर्ष कुनै पनि खेल वा सिरिज भएनन् । उसले त्यसको सट्टामा आफ्नो घरेलु खेल यूएईमा खेल्दै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७