प्यूठानमा जन्ती चढेको जीप दुर्घटना : आठको मृत्यु, बेहुला-बेहुलीसहित पाँच घाइते

मृत्यु हुनेका एकै घरका तीन जनासम्म, घाइतेहरुको अवस्था गम्भिर


२२ माघ २०७८, शनिबार
accident 20220205022017

प्युठान । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । शुक्रबार राति १ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका-६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीले जानकारी दिए ।

मृत्यु हुनेमा स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत्यु हुनेहरु गौमुखी गाउँपालिका-६ का स्थानीय हुन् ।

दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा बेहुला-बेहुलीसहित पाँच जना घाइते भएका छन् । घाइतेहरुको प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । घाइते अधिकांशको अवस्था गम्भिर रहेको जनाइएको छ । दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७